संगम तीज सांस्कृतिक कार्यक्रम सम्पन्न

विदुर खबर २०८२ भदौ ६ गते २०:३६

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तीज सांकृतिक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

बट्टारको बाजेको सेकुवा कर्नरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले संगम सहकारीले स्थापना कालदेखिनै रचनात्मक काम गरिरहेको भन्दै खुशी व्यत्त गरिन् । उनले पछिल्लो समय सरकारले गरेको सामाजिक सुधारले महिलाहरुको वृत्ति र विकासमा सहयोग पुगेको बताइन् ।

उमपेयर बोगटीले विदुर नगरपालिकाले महिलाको हकहित र सकारात्मक कामको लागि सधै साथ दिने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिव अधिकारीले संगमले गरेका सकारात्मक गतिविधीले राम्रो छाप छाड्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा संगम सहकारी संस्थाका निर्वतमान अध्यक्ष नारायण श्रेष्ठले सहकारीले महिलाहरुको सशक्तीकरणको लागि विगत तीनवर्षदेखि तीज सांस्कृतिक कार्यक्रम गरिरहेको उल्लेख गरे ।

Advertisement

उनले सहकारीमा संगम तीज खाता अन्र्तगत झण्डै ५ सयभन्दा बढी खाता खोलिएको बताए ।

कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव मिश्र, नुवाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रमणी गैरे र संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव सुजित श्रेष्ठ लगातयले महिलाहरुलाई संस्थामा आबद्ध गराई हरेक वर्ष तीज सांस्कृति कार्यक्रम आयोजना गरिरहेको बताए । उनीहरुले संगमले तीज सांस्कृति कार्यक्रम मार्फत परम्परा र संस्कृतिको हस्तान्तरण भएको समेत बताए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

२०५३ सालमा स्थापना भएको संगम बचत तथा ऋण सहकारीमा अहिले झण्डै दुई हजारभन्दा बढी सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया