माथिल्लो मैलुङ खोला जलविद्युतले २९ करोड २२ लाख कमायो

नुवाकोट । आम्दानी बढेसँगै माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको घाटामा कमी आएको छ ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६३ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड २० लाख घाटामा रहेको थियो । कम्पनीले २९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१७.०५ प्रतिशतले बढी हो ।
यो अवधिसम्म कम्पनीले २२ लाख २४ हजार अन्य आम्दानी र ३ लाख ५७ हजार वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड ७६ लाख र वित्त खर्च १७ करोड २३ लाख रुपैयाँ बराबर रहेको छ ।
१ अर्ब चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १० करोड ६३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीले अन्य रिजर्भमा १५ लाख ५६ हजार रुपैयाँ सञ्चित गरेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति २४ करोड २२ लाख र कुल चालु दायित्व २० करोड ५२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६४ रुपैयाँ ऋणात्मक , प्रतिसेयर नेटवर्थ ८९.५२ रुपैयाँ र तरलता अनुपात १.१८ प्रतिशत कायम भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया