नेपाल र युएईबीचको क्रिकेट सिरिज माघ ९ गतेबाट

विदुर खबर २०७५ पुष १० गते ११:२०

काठमाडौं । नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ दोस्रो साताबाट सुरु हुने भएको छ ।

Advertisement

युएईको भ्रमणमा रहने नेपाली टोलीले युएईसंग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले युएईसंग समान ३/३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । 

नेपाल र युएईबीचको क्रिकेट सिरिजबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तालिका सार्वजनिक गरेको छैन । तर,  आईसीसीको नेपाल प्रतिनिधि तथा क्यानका पुर्व सीईओ भावना घिमिरेले सिरिज आगामी माघ ९ गतेबाट सुरु हुने जानकारी गराईन् । 

Advertisement

घिमिरेका अनुसार सिरिज माघ ९ गतेबाट २१ गतेसम्म हुने गरि तयारी भएको बताईन् । 

‘आईसीसी मिति निश्चित गर्न बाँकी छ तर, जनवरी २३ बाट फेब्रुवरी ४ सम्म गर्ने तयारी भएको छ र यो मिति पक्का जस्तै छ,’ भनिन्   । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने डिपिएल क्रिकेट एक साताको लागि सारिएको छ । 

Advertisement

युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ – १ को बराबरी भएको थियो ।नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।

प्रतिक्रिया