बिगबसमा चम्किए सन्दीप
विदुर खबर
२०७५ पुष ६ गते ११:११

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिगबस टी–२० लिगमा चम्किएका छन् । उनले पहिले खेलमै २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सिड्नी थन्डरविरुद्ध बलिङ गरेका उनले आफ्नो पहिलो ओभरमै कप्तान सेन वाट्सनलाई क्याच आउट गराए । डेब्यु खेलको पहिलो ओभरको दोस्रो बलमै वाट्सनलाई आउट गरेका सन्दीप त्यतिमै रोकिएनन् ।
उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनले सोही ओभरको अन्तिम बलमा क्यालुम फर्गुसनलाई पनि आउट गरे । वाट्सन २२ र फर्गुसन १५ रन बनाएर खेलीरहेका थिए ।
पहिलो ओभरमा ३ रन खर्च गरेर २ विकेट लिँदै कसिलो बलिङ गरेका उनलाई त्यसपछिका ओभर भने महंगा भए । सन्दीपले त्यसपछि दोस्रो ओभरमा ६, तेस्रोमा १३ तथा चौथोमा १४ रन खर्चिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया