काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं– भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थानमा पक्का गरेको हो।
अब उपाधिका लागि भैरहवा र ललितपुर प्याट्रिओट्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।बिहीबार टियू मैदानमा काठमाडौंले दिएको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो।
भैरहवाका लागि रायन टेन डोकास्टेले सबैभन्दा बढी ४५ रन जोडे। उनले ३८ बलमा ५ चौका हिर्काए। यस्तै रवि इन्दर सिंह ३१ रनमा आउट भए। उनले १९ बलमा ३ चौका र १ छक्का हिर्काए। कप्तान शरद भेषवकार ६ रन र रोहितकुमार पौडल ९ रनमा नआउट रहे। भैरहवाका ओपनर प्रदीप ऐरी ३ रनमा रनआउटको सिकार भए। उनलाई सिद्धान्त लोहनीले रनआउट गरेका थिए। आरिफ शेख ५ रन बनाएर खेलिरहदा मोहमद सांसद शेखको एलबिडब्लूको धरापमा परेका थिए।बलिङमा काठमाडौंका सांसद शेखले २ र पर्दिप साहुले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं पूरा २० ओभर खेल्दा १ सयमा अलआउट भयो। खराब ब्याटिङको नमुना प्रस्तुत गरेको काठमाडौंका लागि पहिलो खेलेका सन्दीप रजालीले सबैभन्दा बढी २७ रन जोडे। उनले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे। पर्दिप साहुले २५ रन जोडे भने ओपनर अमित श्रेष्ठले १३ रन बटुले। अमितले ३२ बलमा १ चौका हिर्काउदा पर्दिपले २२ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। मोहमद नावीदले २ विकेट लिन सफल भए। उनले पनि ४ ओभरमा २० रन दिए। शरद भेषवकार र अभिनास बोहोराको नाममा २-२ विकेट रह्यो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया