जनता बैंकद्धारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न
जनता बैंक नेपाल लिमिटेड (JNBL) को आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा यहि २०७५ मंसिर २५ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने मंशिर २५, २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।
त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा मंशिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए ।
उक्त स्वास्थ्य शिविरहरुमा कूल ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।
स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया