जावलाखेललाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा

विदुर खबर २०७५ मंसिर २३ गते ११:३५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो ।

Advertisement

थ्री स्टारको जितमा दुवै गोल रजिन धिमालले गरे । जितसंगै थ्रीस्टारले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्न सफल भएको छ । यद्वपी मनाङले थ्री स्टार भन्दा एक खेल कम खेलेको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकेको जावलाखेल दोस्रो हाफमा समालिन सकेन । कुल्दिप कार्कीको हेन्ड बलमा थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा रजिन गोल गर्न सफल भए ।

Advertisement

७२ औ मिनेटमा थ्री स्टारका रञ्जन विष्टलाई डि बक्स नजिकै फल गरेपछि जावलाखेलका कुल्दिप कार्की रातो कार्ड मैदान बाहिरिएका थिए । प्राप्त सोही फ्रि किकमा रजिनले गोल गर्दै थ्री स्टारलाई जित दिलाउन सफल भए ।थ्री स्टार १८ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जावलाखेल ४ अंक सहित तालिकाको १२ औ स्थानमा रह्यो ।खेलको ‘म्यान अफ दी म्याच’ थ्री स्टारका रजिन धिमाल भए । 

प्रतिक्रिया