नेपालको राष्ट्रिय फुटबल टिमले चिनियाँ टोलीसंग मैत्रीपूर्ण खेल खेल्ने

विदुर खबर २०७५ मंसिर ४ गते १३:२९

नुवाकोट,नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले चिनियाँ सुपर लिग क्लब गोन्झाउसंग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

Advertisement

अखिल नेपाल फुटबल संघ एन्फाले नेपालले आगामी जनवरीमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । नेपालले घरेलु मैदान र गोन्झाउको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ । खेल हुने स्थान भने तय भएको छैन । नेपाल भ्रमणमा रहेको गोन्झाउ क्लबका प्रतिनिधि र एन्फाबीचको छलफलले मैत्रीपूर्ण खेल तय गरेको प्रवक्ता किरण राईले जानकारी गराए ।

Image may contain: one or more people and people standing

Advertisement

नेपाल भ्रमणमा रहेको टोलीले नेपालको खेल मैदानको निरीक्षण गर्दै फुटबल विकासमा दुई पक्षबीच हुनसक्ने सहकार्यको बिषयमा एन्फा पदाधिकारीसंग छलफल गरेका थिए ।

प्रतिक्रिया