एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
नुवाकोट । नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् ।

वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ ।
सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले सदस्यता अद्यावधिक गरेका छन् । दुलालले भने,‘हिजो करिब ६२ हजारले अद्यावधिक गरे । आज पाँच बजेसम्म ४७ हजार पुगेको छ । आज अबेर रातिसम्म हिजोको जति नै संख्या पुग्ने देखिन्छ ।’
पार्टीले सदस्यता अद्यावधिक गर्ने निर्णय लिएपछि पार्टीको अर्को पक्ष असन्तुष्ट बनेको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले अद्यावधिकको विरोध गर्दै आएको छ । पार्टी संस्थापन पक्षले अद्यावधिक गर्नैपर्ने अडान राखेर नेताहरुलाई जिम्मेवारी दिएर प्रदेशगत खटाएको छ ।


महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले अद्यावधिकको बारेमा नेता कार्यकर्तालाई प्रदेशहरुमा कार्यक्रम गराएर जानकारी गराएको छ ।
पछिल्लो समय अनलाइनबाट अद्यावधिक गर्ने कार्यलाई सहज बनाइएपछि संख्या उल्लेख्य बढेको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना
नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने





प्रतिक्रिया