लाङटाङ र गोसाइँकुण्ड पदमार्ग घुम्ने पर्यटनको संख्या बढ्यो

विदुर खबर २०७५ कार्तिक २६ गते ८:१६

रसुवा कार्तिक २६, रसुवाको गोसाइँकुण्ड र लाङटाङ पदमार्गमा घुम्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।

Advertisement

पछिल्लो समय लाङटाङ र गोसाइँकुण्ड पदमार्ग घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले छ । आन्तरिक पर्यटकको संख्या बढेसंगै होटल व्यवसाय समेत फस्टाएको छ । बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले असोज २९ गते देखि आन्तरिक पर्यटकको तथ्याङ्क राख्न थालेको हो ।

आन्तरिक पर्यटकसंग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । निकुञ्जले  असोज २९ गते देखि आन्तरिक पर्यटकसंग प्रवेश शुल्क बापत एक सय रुपैयाँ लिंदै आएको छ । तथ्याङक अनुसार असोज २९ गते देखि गत शनिबार सम्म १ हजार ३ सय ४२ जना आन्तरिक पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । छोटो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको निकुञ्जले जनाएको छ । पर्यटकहरु गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, गोसाइँकुण्ड, तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रहरुको अवलोकन गर्न लाङटाङ पुग्ने गर्दछन् ।

Advertisement

प्रतिक्रिया