एन्फालाई एएफसीको १० हजार डलर जरिवाना
नुवाकोट । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीले सन् २०२६ को एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताबाट नेपालले एकपक्षीय रूपमा नाम फिर्ता लिएपछि यो कारबाही गरेको हो ।
साथसाथै, आगामी एएफसी फुटसल च्याम्पियनशिपमा नेपाललाई सहभागी हुन नपाउने निर्णय पनि गरिएको छ । कमिटीको अगस्ट २१ मा बसेको बैठकमा यो निर्णय लिइएको हो ।
कमिटीका अनुसार एन्फाले छनोट प्रतियोगिता सुरु हुन १०६ दिनअघि नै सहभागिता नलिने निर्णय एएफसीलाई जानकारी गराएको थियो । यो कार्य एएफसीको नियमावलीको धारा ६.७ विपरीत भएकाले एन्फालाई कारबाही गरिएको जनाइएको छ ।
निर्णय अनुसार, एन्फाले तोकिएको १० हजार डलर जरिवाना सूचना प्राप्त भएको ३० दिनभित्र तिर्नुपर्नेछ । साथै, अर्को संस्करणको फुटसल प्रतियोगितामा नेपालले सहभागी हुन नपाउने पनि स्पष्ट गरिएको छ ।

एन्फा स्रोतका अनुसार सञ्चालनमा देखिएको चरम लापरबाहीकै कारण यो कारबाही भएको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया