एन्फालाई एएफसीको १० हजार डलर जरिवाना

नुवाकोट । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीले सन् २०२६ को एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताबाट नेपालले एकपक्षीय रूपमा नाम फिर्ता लिएपछि यो कारबाही गरेको हो ।
साथसाथै, आगामी एएफसी फुटसल च्याम्पियनशिपमा नेपाललाई सहभागी हुन नपाउने निर्णय पनि गरिएको छ । कमिटीको अगस्ट २१ मा बसेको बैठकमा यो निर्णय लिइएको हो ।
कमिटीका अनुसार एन्फाले छनोट प्रतियोगिता सुरु हुन १०६ दिनअघि नै सहभागिता नलिने निर्णय एएफसीलाई जानकारी गराएको थियो । यो कार्य एएफसीको नियमावलीको धारा ६.७ विपरीत भएकाले एन्फालाई कारबाही गरिएको जनाइएको छ ।
निर्णय अनुसार, एन्फाले तोकिएको १० हजार डलर जरिवाना सूचना प्राप्त भएको ३० दिनभित्र तिर्नुपर्नेछ । साथै, अर्को संस्करणको फुटसल प्रतियोगितामा नेपालले सहभागी हुन नपाउने पनि स्पष्ट गरिएको छ ।

एन्फा स्रोतका अनुसार सञ्चालनमा देखिएको चरम लापरबाहीकै कारण यो कारबाही भएको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया