नुवाकोटमा टि –२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा नक्षत्र क्रिकेट क्लब विजयी

विदुर खबर २०७५ कार्तिक ९ गते ११:५०

नुवाकोट कार्तिक ९, नुवाकोटमा शुक्रबारदेखि जिल्लाव्यापी टि –२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

Advertisement

नुवाकोट क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चार क्लबले सहभागिता जनाएका छन । प्रतियोगितामा नक्षत्र स्पोस्र्टस क्लब, युनिक व्वाइज ढुङ्गे, देविघाट वाल क्लब र पिपलटार सामाजिक युथ क्लबले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन खेलमा नक्षत्र क्रिकेट क्लब ४ विकेटले विजयी भएको छ । टस जितेर युनिक व्वााइजलाई व्याटिङको निम्तो दिएको दिएको थियो । व्याटिङ गर्न मैदानमा आएको युनिक व्वाइज ढुङ्गेले निर्धारित २० ओभर ६ विकेट गुमाएर१ सय १६ रन बनाएको थियो ।। युनिक व्वाइजका लागि प्रवेश श्रेष्ठले सर्वाधिक १६ रन बनाए भने सन्तोष थापाले १५ रन प्रहार गरे । वलिङतर्फ नक्षत्रको लागि प्रदिप खड्काले सर्वाधिक २ विकेट लिए ।

एकसय १७ रनको लक्ष्य लिएर जवाफी मैदानमा उत्रिएको नक्षत्रले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । नक्षत्रको लागि प्रशान्त तिमल्सीनाले ४२ र ओमप्रकाश श्रेष्ठले १६ रन प्रहार गरेका थिए । लिग चरणको आधारमा खेलाईने प्रतियोगितामा शिर्ष दुई टोलि उपाधिको लागि भिड्ने नुवाकोट क्रिकेट संघ जनाएको छ । प्रतियोगिताको विजयी टिमले १० हजार रुपैयाँ , ट्रफी र मेडल पाउनेछ भने प्रदेशस्तरीय प्रतियोसिगतामा सहभागिता जनाउन पाउने छ । त्यस्तै द्रोस्रो हुने टिमले ४ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल पाउने नुवाकोट क्रिकेट संघले जनाएको छ ।

Advertisement

यस अघि प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटको क्रिकेटमा केही गर्न खोजेपनि मैदान र आर्थिक अभावका कारणले प्रतियोगिता निरन्तर गर्न नसकेको बताए । पाठकले आफुहरु प्रदेशको केन्द्रबिन्दुमा भएपनि अपेक्षाकृत रुपमा लाभ हासिल गर्न नसकेको बताए । त्यस्तै विदुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष शिव चित्रकारले नुवाकोटको क्रिकेट विकासमा योगदान दिने बताए । वडाअध्यक्ष चित्रकारले प्रतियोगिताको दौरान बनाइएका मैदानलाई यथाअवस्थामा राख्न सकेमा पुर्वाधार बारम्बार बनाउन धेरै खर्च गर्र्नु नपर्ने बताए । उहाँले पुर्वाधार विकासमा आफु र नगरपालिकाले सहयोग गर्ने बताए ।

प्रतिक्रिया