साञ्जेन जलविद्युत कम्पनी २४ करोड २८ लाख घाटामा

विदुर खबर २०८२ वैशाख ३० गते ११:२०

नुवाकोट । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ ।

Advertisement

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ११ करोड ३० लाख घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८५.२७ प्रतिशतले बढी हो ।

कम्पनीले समीक्षा अवधिसम्म ९ लाख ४८ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख ६३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च २ करोड ३ लाख, ह्रासकट्टी खर्च २४ करोड र कर्मचारी खर्च १ करोड ३४ लाख रहेको छ ।

Advertisement

कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित मुनाफा ६३ करोड ८७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यो अवधिमा कुल चालु सम्पत्ति ४७ करोड १७ लाख र कुल चालु दायित्व ६७ करोड ५५ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.८७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८२.५० रुपैयाँ ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६१.४६ रुपैयाँ कायम भएको छ ।

Advertisement

प्रतिक्रिया