रसुवामा एमाले छाड्नेको लर्काे
विदुर खबर
२०८१ फागुन २८ गते १०:५८
नुवाकोट । नेकपा एमाले रसुवामा पछिल्लो समय एमाले परित्याग गर्ने लर्काे लाग्न थालेको छ ।

एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु’, पौडेलले भनेकी छन् ।
आफ्नो व्यक्तिगत स्वतन्त्रता भएकाले कसैलाई पनि टिकाटिप्पणी नगरिदिन उनले आग्रह गरेकी छन् । अधिकारी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट कालिका गाउँपालिका अध्यक्ष निर्वाचित भएकी थिइन् ।
पूर्वसंविधानसभा सदस्य तथा जिल्ला अध्यक्ष जनार्दन ढकालले केही दिनअघि एमाले छाडेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया