सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
नुवाकोट । गएको भदौ १० गते भोटेकोशी नदी हुँदै आएको आकस्मिक बाढीका कारण क्षति पुगेको विदुर नगरपालिकाको सडक सञ्जाललाई पुनः जोड्न नगरपालिकाले बेली ब्रिज निर्माणको तयारी थालेको छ।

बाढीले त्रिशूली नदी तटीय क्षेत्रका सडक तथा सडकपुल पूर्ण रूपमा क्षति पुर्याएपछि ठप्प बनेको यातायातलाई सहज बनाउन विदुर नगरपालिकाले वडा नं. ४ सिमचौर र वडा नं. १२ गौरीबेसीको सडक सञ्जाल जोड्ने गरी बेली ब्रिज निर्माण गर्न लागेको हो।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत र आवतजावतमा टेवा पुर्याउन स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम बेली ब्रिज निर्माण गर्न लागिएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो।
बेली ब्रिज निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन विदुर नगरपालिकाले नेपाली सेनाको बट्टारस्थित श्री बहुदर श्री शेर गण लाई पत्र लेख्दै आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि औपचारिक अनुरोध गरेको छ। साथै उक्त पत्रको बोधार्थ नेपाली सेनाको जङ्गी अड्डा, भद्रकाली काठमाडौँलाई समेत पठाइएको छ।

बेली ब्रिज निर्माण भएसँगै वडा नं. ४ र १२ का स्थानीय बासिन्दालाई सहजरूपमा आवतजावत गर्न र खाद्यान्न लगायत अत्यावश्यक सामग्री ओसारपसारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया