किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ

विदुर खबर २०८३ भदौ २९ गते २१:११
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

नुवाकोट। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

Advertisement

उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

उनका अनुसार, अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । ‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ,’ उनले भने ।

Advertisement

प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया