म्यानचेस्टर सिटीका म्यानेजरविरुद्ध राजनीतिक सन्देश दिएको आरोप
१२ फागुन, काठमाडौं । राजनीतिक सन्देश दिने पहेंलो रिबन लगाएको भन्दै म्यानचेस्टर सिटीका म्यानेजर पेप गार्डिवलाविरुद्ध उजुरी दर्ता भएको छ । फुटबल एसोसिएशन (एफए)ले फुटबलको नियम उल्लंघन गरेको भन्दै गार्डिवलाविरुद्ध उजुरी दर्ता गरेको हो ।
क्याटलोनिया स्वतन्त्रताको पक्षका नेताहरुलाई बन्धक बनाइएको विरोधमा गार्डिवलाले छातिमा पहेंलो रिबन लगाउँदै आएका छन् ।
गार्डिवला पनि क्याटलोनियाकै हुन् । स्पेनबाट अलग हुनका लागि क्याटलोनियामा जनमत संग्रह भएको थियो जसमा स्वतन्त्रताको पक्षमा बहुमत आएको थियो । तर स्पेनले त्यसलाई गैरकानुनी भन्दै हस्तक्षेप गरेर प्रत्यक्ष केन्द्र शासन लागू गरेको थियो । त्यसक्रममा स्वतन्त्रता आन्दोलनका नेताहरु समेत पक्राउ परेका छन् । ति नेताहरुको समर्थनमा गार्डिवलाले पहेंलो रिबन लगाउँदै आएका छन् ।
गार्डिवलालाई पहेंलो रिबन नलगाउन यसअघि एफएले चेतावनी दिँदै आएको थियो । तर, त्यसलाई अटेर गरेको भन्दै आरोप दर्ता भएको हो जसमा उनले आगामी मार्च ५ तारिकभित्र स्पष्टीकरण दिनुपर्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











जीविकोपार्जनको लागि महिलाहरुलाई तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया