चिलिमे–त्रिशूली प्रसारण लाइनको काम सम्पन्न गर्न निर्देशन
रसुवा। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम १० दिन भित्र सम्पन्न गर्न मन्त्रालयले निर्देशन गरेको छ ।
ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का सहितको उच्चस्तरीय टोलीले प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी १० दिन भित्र काम सम्पन्न गर्न निर्देशन दिएको हो ।
सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भए पनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सब स्टेसन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरूबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भएपछि ऊर्जा मन्त्री आफै स्थलगत निरीक्षणमा खटिनुभएको हो ।
मन्त्री खड्काले प्रसारण लाइन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताउनुभयो । “गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाइ हुँदा जनताहरू प्रत्यक्ष मारमा परेका छन्, अब हेलचक्र्याइँ गर्ने ठाउँ छैन,”–उहाँको भनाई थियो ।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबिच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन र अन्य बाँकी रहेका काम सम्पन्न गर्ने तालिका तय गरी त्यहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
निरीक्षणका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोड्दा स्थानीय बासीलाई समेत फाइदा पुग्ने बताउनु भयो ।
निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा सव स्टेशनको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया