टी–२० विश्वकप छनोट : म्यानमार ८ विकेटले पराजित
 
		
	 नुवाकोट असोज १७, आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले म्यानमारलाई  ८ विकेटले हराएको छ।
नुवाकोट असोज १७, आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले म्यानमारलाई  ८ विकेटले हराएको छ।
म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले २ विकेटको क्षतिमा ३ ओभरमा भेट्टायो। नेपालका करण केसीले नटआउट १४ रन र विनोद भण्डारीले नटआउट १ रन जोडे। करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे। विनोदले ३ बल मात्र खेले। ओपनिङमा आएका प्रदीप ऐरी दोस्रो बलमा शून्यमा आउट भएका थिए। त्यसपछि मैदान आएका अनिलकुमार साह दोस्रो ओभरको पहिलो बलमा ११ रन बनाएर आउट भए। उनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रनमा अलआउट भयो। म्यानमारको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए। म्यानमारका लागि लिन आउङले सबैभन्दा बढी १६ रन जोडे। उनले २० बलमा २ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। म्यानमारका ६ ब्याट्सम्यान शून्य रनमा अलआउट भएका थिए। छनोटमा बुधबार भएका अन्य खेलमा मलेसियाले भुटानलाई ६७ रन र थायल्यान्डले चीनलाई १० विकेटले पराजित गरेका छन्।
 छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष ३ टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।
छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष ३ टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।
छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल असोज २० गते मलेसियासँग खेल्नेछ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी,  विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
पहिलो चरणको छनोटमा नेपालको खेल 
असोज २०– नेपाल भर्सेस मलेसिया
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
असोज २३  – नेपाल भर्सेस भुटान
असोज २४– नेपाल भर्सेस चीन
असोज २६– नेपाल भर्सेस  सिंगापुर
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया