बंगबन्धु गोल्डकपमा नेपाल २–० ले पराजित
विदुर खबर
२०७५ असोज १७ गते ०:५२

नुवाकोट असोज १७, पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा नेपाल ताजकिस्तानसँग दुई शून्य गोलान्तरले पराजित भएको छ ।
पहिलो खेलमा गत संस्करणको च्याम्पियन नेपाल ताजकिस्तानसँग दुई शून्यले हारेको हो । पहिलो हाफमा एक शून्यले पछाडी परेको नेपाल दोस्रो हाफमा पनि सम्हालिएर खेल्न नसक्दा अर्को गोल खान पुग्यो । नेपालले गोल गर्ने केही सुन्दर अवसर पाए पनि त्यसलाइृ सदुपयोग गर्न सकेन । गोल्डकपमा बंगलादेशले भने विजयी शुरुवात गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया