स्वर्गिय ध्रुव अमात्य स्मृति कपको उपाधि न्यु भिजन युवा क्लबलाई

विदुर खबर २०८१ वैशाख २२ गते २१:१४
फोटो : नुवाकोट स्पोर्टस् ।

नुवाकोट । प्रथम स्वर्गिय ध्रुव अमात्य स्मृति कप २०८१ नुवाकोट जिल्ला क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि न्यु भिजन युवा क्लब रातमाटेले हात पारेको छ ।

Advertisement

शनिवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको खेलमा आयोजक बट्टार युथ क्लबलाई ट्राईबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दे न्यु भिजन युवा क्लबले उपाधिमाथि कब्जा जमाएको छ ।

निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा निर्धारित समयमा खेल बराबरीमा रोकिएको थियो ।

Advertisement

प्रतियोगिताको उपाधि बिजेता न्यु भिजन युवा क्लबले एक लाख रुपैयाँ नगद, प्रमाणपत्र, कप र मेडल हात पारेको छ भने दोस्रो भएको आयोजक टोलीले ५० हजा रुपैयाँ, प्रमाणपत्र, मेडल र कप हात पार्न सफल भयो ।

प्रतियोगिताको विजेता र उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, बट्टार ब्रर्दस गु्रपका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, नुवाकोट सुन चाँदी व्यवसायी संघका अध्यक्ष भिम बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement

यहि वैशाख १४ गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया