पिपलटारमा खेलाडी कल्याणकोष स्थापनाको लागि महायज्ञको आयोजना हुँदै
विदुर खबर
२०८० चैत २९ गते २१:२६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा खेलाडी कल्याणकोष स्थापनाको साथै एम्बुलेन्स खरिदको लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
पिपलटार फुटवल क्लबको आयोजना तथा विदुर नगरपालिकाको कार्यालय र विदुर ५ वडा कार्यलयको संरक्षकत्वमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।
आगामी वैशाख ९ गतेदेखि १७ गतेसम्म हुने सप्ताहमा कथा शिरोमणी दिपक प्रसाद पौडेलले कथा वाचन गर्ने बताइएको छ ।
महायज्ञबाट संकलन भएको पैसाले क्लबको लागि एम्बुलेन्स र खेलाडीहरुको लागि कल्याणकोष स्थापना गरिने पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया