बेत्रावतीमा एक घरमा क्षति

विदुर खबर २०८० चैत २१ गते ११:३७

रसुवा । गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजना र ठेकेदारको कम्पनीले समयमा काम नसक्दा बेत्रावतीमा वर्षातको भेल पसेको छ ।

Advertisement

उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा आएको अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ । स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो ।

वर्षाले पासाङल्हामु मार्गको नाली हुँदै आएको भेल एकत्रित भएर स्थानीय रञ्जना थापाको कम्पाउण्डको रहेको पर्खाल भत्किएको छ भने लगाएको ग्याभिन तार समेत बगाएको र खानेपानी तथा आगन समेत पुरिदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

Advertisement

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरिदिँदा स्थानीयले क्षति भोग्नु परेको थापाले बताइन् ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ ।

Advertisement

यस्तो क्षति जो कोहिको हुन सक्छ र यस घटनाले स्थानीयमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय युवा गणेश श्रेष्ठले बताए ।

प्रतिक्रिया