बेत्रावतीमा एक घरमा क्षति
रसुवा । गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजना र ठेकेदारको कम्पनीले समयमा काम नसक्दा बेत्रावतीमा वर्षातको भेल पसेको छ ।
उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा आएको अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ । स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो ।
वर्षाले पासाङल्हामु मार्गको नाली हुँदै आएको भेल एकत्रित भएर स्थानीय रञ्जना थापाको कम्पाउण्डको रहेको पर्खाल भत्किएको छ भने लगाएको ग्याभिन तार समेत बगाएको र खानेपानी तथा आगन समेत पुरिदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरिदिँदा स्थानीयले क्षति भोग्नु परेको थापाले बताइन् ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ ।
यस्तो क्षति जो कोहिको हुन सक्छ र यस घटनाले स्थानीयमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय युवा गणेश श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया