शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
नुवाकोट । त्रिशूली नदीमा बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना लुटपाट गर्ने पाँच जना युवकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।

भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट आएको भिषण बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा विदुर नगरपालिका–३ का ५ जना युवकहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार देवीघाटस्थित फर्केपमा बाढीले बगाएर ल्याएको शवबाट रातिको समयमा टर्चलाइट बालेर गहना लुटपाट भएको थियो। स्थानीयवासीका अनुसार २० देखि ३० वर्ष उमेर समूहका ती युवकहरूले शवको औँलासमेत काटेर गहना निकाल्ने प्रयास गरेका थिए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
उनीहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया