शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
नुवाकोट । त्रिशूली नदीमा बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना लुटपाट गर्ने पाँच जना युवकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।

भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट आएको भिषण बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा विदुर नगरपालिका–३ का ५ जना युवकहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार देवीघाटस्थित फर्केपमा बाढीले बगाएर ल्याएको शवबाट रातिको समयमा टर्चलाइट बालेर गहना लुटपाट भएको थियो। स्थानीयवासीका अनुसार २० देखि ३० वर्ष उमेर समूहका ती युवकहरूले शवको औँलासमेत काटेर गहना निकाल्ने प्रयास गरेका थिए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
उनीहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया