जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

विदुर खबर २०८० चैत २० गते २१:००

रसुवा । जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

Advertisement

अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि पोटेबल डेन्टल एक्स–रे आरभीजी विथ ल्यापटप, २० केभीए क्षमताको जेनेरेटर, एईडी लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको सुभारम्भका अवसरमा सामग्री हस्तान्तरण गरिएको हो । नेप्लिज डक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री प्रदान गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए ।

Advertisement

उनका अनुसार अस्पतालमा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका गरिब विपन्न परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउने छन् ।

एसोसिएसनका अध्यक्ष डा सन्जीव नेपालीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

प्रतिक्रिया