उत्तरगयाका तिन सामुदायिक वनको कार्ययोजना हरुतान्तरण
रसुवा । उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तिनवटा सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गरी हस्तान्तारण गरिएको छ ।
उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाइले संयुक्तरुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।
महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणिकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अव नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । बिधान संसोधन तथा कार्ययाजना नविकरण भयो अव नेतृत्व हस्तान्तरण गर्छु उनले भने ।
कार्ययोजना हस्तान्तरण पछि भएको अन्तक्र्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सवैले राम्ररी पढ्नु पर्ने बताए ।
वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गरे ।
केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समुहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताइन् ।
दिगो वन विका कार्यक्रम संयोजक चापागाइले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया