उत्तरगयाका तिन सामुदायिक वनको कार्ययोजना हरुतान्तरण

विदुर खबर २०८० चैत २० गते २०:५८

रसुवा । उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तिनवटा सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गरी हस्तान्तारण गरिएको छ ।

Advertisement

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाइले संयुक्तरुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणिकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।

Advertisement

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अव नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । बिधान संसोधन तथा कार्ययाजना नविकरण भयो अव नेतृत्व हस्तान्तरण गर्छु उनले भने ।
कार्ययोजना हस्तान्तरण पछि भएको अन्तक्र्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सवैले राम्ररी पढ्नु पर्ने बताए ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गरे ।

Advertisement

केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समुहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताइन् ।

दिगो वन विका कार्यक्रम संयोजक चापागाइले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताए ।

 

प्रतिक्रिया