नुवाकोटको सामरीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

विदुर खबर २०८० चैत १८ गते १२:०३

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको सामरीमा आगामी वैशाख ७ गतेदेखि बागमती प्रदेश अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

म्यागङ गाउँपालिकाको आयोजनामा “भलिबल खेलाडीहरुको पहिचान तथा प्रवर्द्धन, खेल खेलाडी र क्षमताको संरक्षण” नाराका साथ प्रतियोगिता हुन लागेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका २५ भन्दा बढी पालिकाले भाग लिने अपेक्षा राखेको गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले जानकारी दिए । प्रतियोगिताले खेलाडीहरुको प्रतिभा फ्रस्फुटनमा महत्वपुर्ण भुसमका खेल्ने उनले बताए ।

Advertisement

प्रतियोगिताभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको मुल्यदर कायम गरिने तामाङले बताए ।
प्रतियोगिताका विजेताले उपाधिसँगै तीन लाख तीन हजार ३ सय ३३ रुपैयाँ, उपविजेताले दुई लाख दुई हजार २ सय २२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने सहआयोजक म्यागङ फुटबल क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय निर्णायक तथा व्यवसायिक खेलाडीहरुको सहभागिताले खेल र खेलाडीकोहरु मनोबल बढ्ने उनले बताए ।

Advertisement

प्रतियोगितामा झण्डै १२ लाख रुपैयाँ खर्च हुने गाउँपालिका उपाध्यक्ष सिता तामाङले जानकारी दिइन् । खेल पर्यटन मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन हुने उनले बताइन् ।

प्रतियोगितामा टिम दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता वैशाख ७ गतेदेखि १२ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रिया