तेस्रो एनयुएफसी कप फुटवल : छात्रातर्फ भैरवी मावि फाईनलमा

विदुर खबर २०८० फागुन १६ गते २१:४८

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको भैरवी मावि बट्टारमा जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप प्रतियोगिताको छात्रातर्फ फाईनल प्रवेश गरेको छ ।

Advertisement

बुधवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएको खेलमा संस्कृत मावि देविघाटलाई ३–० गोल अन्तरले पराजित गर्दै भैरवी मावि उपाधि नजिक पुगेको हो ।

भैरवीलाई विजयी गराउन खेलको म्यान अफ दि म्याच भएकी रकिशा डंगोलले दुबै गोल गरिन् । उनले खेलको ४२ र ४४ औ मिनेटमा गोल गरेकी हुन् ।

Advertisement

यसअघि खेलको ३० औ मिनेटमा संस्कृति माविकी निशा खतिवडाले आत्मघाती गोल गरेकी थिइन् । त्यसपछि खेलमा कुनै गोल भएन र भैरवी मावि ३–० को जित निकाल्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

फाईनल प्रवेश गरेको भैरवी माविले अव उपाधिको लागि तारकेश्वर गाउँपालिकाको पन्चमिलन कलादेवि माविसँग प्रतिष्पर्धा गर्ने छ ।
पन्चमिलन कलादेवि मावि मगलवार सभेनियर बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

Advertisement

प्रतियोगिता अन्र्तगत बुधवार नै भएको छात्रतर्फको खेलमा विजयी हुँदै चन्द्रज्योती मावि सेमिफाइनल प्रवेश गरेको छ ।

चन्द्रज्योतिले शिलादेवि माविलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै टोलीले समान २-२ गोल गरेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो ।

खेलको म्यान अफ दि म्याच चन्द्रज्योतीका गोलकिपर अभिनाश घोषित भए ।

प्रतियोगिता अन्र्तगत बिहिवार दुई खेल हुनेछन् ।

 

प्रतिक्रिया