तेस्रो एनयुएफसी कप फुटवल : पन्चमिलन मावि फाईनल प्रवेश

विदुर खबर २०८० फागुन १५ गते २१:१६

नुवाकोट । तारकेश्वरको पन्चमिलन कलादेवि मावि बट्टारमा जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप प्रतियोगिताको छात्रातर्फ फाईनल प्रवेश गरेको छ ।

Advertisement

मंगलवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएको खेलमा शुभेनियर बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै पन्चमिलन मावि उपाधि नजिक पुगेको हो ।

पन्चमिलनलाई जित दिलाउन पहिलो हाफको ५ औ मिनेटमा अनिता तामाङले गोल गरिन भने ३० औ मिनेटमा एलिना तामाङले दोस्रो गोल थपिन् । यस्तै दोस्रो हाफको ५ औ सविना तामाङले गोल गर्दै पन्चमिलनलाई स्पष्ट ३–० को जित दिलाइन् ।

Advertisement

खेलमा उत्कृष्ट प्रर्दशन गरेकी एलिना तामाङ विम्यान अफ दि म्याच घोषित भइन् ।

अब पन्चमिलन माविले उपाधिको लागि भैरवी मावि र संस्कृत माविको विजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

Advertisement

प्रतियोगिता अन्र्तगत छात्रतर्फको आजै भएको दोस्रो खेलमा च्वाडी पब्लिक माविले रणभुवनेश्वरी माविलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको छ । च्वाडीलाई विजयी गराउन सागर कुमालले दुई गोल गरे ।

थप दुई गोल दिपक तामाङ र बविन श्रेष्ठले गरे । खेलका म्याद अफ दि म्याच च्वाडी माविका दिपक कुमाल घोषित भए ।

यस्तै प्रतियोगिता अन्र्तगत आजै भएको तेस्रो खेलमा जेडी बोर्डिङ स्कुलले अर्किड एकेडेमीलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

जेडीलाई विजयी गराउन दुबै गोल ईमन कुमालले गोल गरे । उनल खेलको २२ औ मिनेट र ६७ औ मिनेटमा गोल गरेका हुन् । अर्किडको लागि खेलको ३१ औ मिनेटमा आयुष चित्रकारले सानत्वना गोल फर्काएका थिए ।

प्रतियोगिता अन्र्तगत बुधवार दुई खेल हुनेछन् ।

 

प्रतिक्रिया