विदुर मेयर कप : आज पनि दुई खेल हुँदै

विदुर खबर २०८० माघ १८ गते १०:१९

नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आप पनि दुई खेल हुँदै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने पहिलो खेलमा समुह ए मा रहेका ताकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाविच दिउँसो १२ बजे प्रतिष्पर्धा हुँदै छ ।

सेमिफाइनल प्रवेशको संभावना कायम राख्न दुबै टोलीलाई जित आवश्यक छ । त्यसैले दुबै टोली जितको साथ मैदानमा उत्रदैछन् ।
त्यस्तै आजै हुने दोस्रो खेलमा सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ र दुबै टोली जित हासिल गरेर सेमिफाइनल प्रवेश गर्न चाहान्छन् ।

Advertisement

आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीहरुको समेत टुङ्गो लाग्ने भएकोले सबैको ध्यान पहिलो र दोस्रो खेलमा हुने छ ।

समुह ए मा लिखु र सुर्यगढी दुई खेलबाट समान ४÷४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै तारकेश्वर गाउँपालिका दुक्षर्् अंकको साथ तेस्रो स्थानमा छ भने  ककनी लगातार दुई हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको छ ।

Advertisement

प्रतिक्रिया