विदुर मेयर कप फुटवल : लिखु र तारकेश्वरले वरावरी खेले

विदुर खबर २०८० माघ १६ गते १७:१२

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकाले गोलरहित वरावरी खेलेका छन् ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।

खेलको म्यान अफ दी म्याच लिखु गाउँपालिकाको गोलिकिपर मुस्कान राई घोषित भए । उनले नगद एक हजार रुपैयाँसहित ट्रफी हात पारे ।

Advertisement

आजको वरावरी सँगै लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिका समान ४÷४ अंकका साथ समुह ए को पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै दुई वरावरी खेलेको तारकेश्वर गाउँपालिका दुई अंकका साथ तेस्रो स्थानमा छ भने दुबै खेलमा पराजय भोगेको ककनी गाउँपालिका प्रतियोगिताबाट वाहिरएिको छ ।

Advertisement

यसअघि आजै भएको पहिलो खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया