विदुर मेयर कप फुटवल : लिखु र तारकेश्वरले वरावरी खेले
नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकाले गोलरहित वरावरी खेलेका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।
खेलको म्यान अफ दी म्याच लिखु गाउँपालिकाको गोलिकिपर मुस्कान राई घोषित भए । उनले नगद एक हजार रुपैयाँसहित ट्रफी हात पारे ।
आजको वरावरी सँगै लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिका समान ४÷४ अंकका साथ समुह ए को पहिलो र दोस्रो स्थानमा छन् ।
त्यस्तै दुई वरावरी खेलेको तारकेश्वर गाउँपालिका दुई अंकका साथ तेस्रो स्थानमा छ भने दुबै खेलमा पराजय भोगेको ककनी गाउँपालिका प्रतियोगिताबाट वाहिरएिको छ ।
यसअघि आजै भएको पहिलो खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया