नुवाकोटकी पुष्पकाले स्वर्ण जितिन्
नुवाकोट । काठमाण्डौमा जारी सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप नुवाकोटकी कराते खेलाडी पुष्पका लामाले स्वर्ण हात पारेकी छिन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ कि पष्पका लामाले महिला ५० केजीमुनिको तौल समहुमा नेपालको लागि स्वर्ण पदक हात पारेकी हुन् ।
पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
नेपालले सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ भने छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तानबाट १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् ।
आज सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया