रसुवाको तातोपानीमा नुहाउन आउनेको भिड

विदुर खबर २०८० मंसिर ४ गते १२:०९

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा रहेको तातोपानीमा दैनिक नुहाउनेको भिड लाग्न थालेको छ ।

Advertisement

नेपाल चिन सिमाना नजिक रहेको सो तातोपानीमा दैनिक एकसय ५० भन्दा बढी मानिसहरु नुहाउन आउने गरेको स्थानियले बताएका छन् ।

तातोपानीमा नुहाउँदा वाथ, घाउखटिरा, ग्याष्टिक, गानुगोला लगाएतका रोगहरू निको हसने जनविश्वास रहिआएको छ ।

Advertisement

यहाँ नुहाउन रसुवाबाट मात्रै नभई नुवाकोट, धादिङ र अन्य जिल्लावाट पनि मानिसहरु आउने गरेका छन् । यहाँबाट चिनको सिमाना समेत नजिक रहेकोले चिनिया पर्यटकहरु समेत नुहाउन आउने गरेका छन् ।

प्रतिक्रिया