नुवाकोट युनाइटेड प्रतियोगिताबाट वाहिरियो
विदुर खबर
२०८० कार्तिक २३ गते ११:१४

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब दोलखामा जारी प्रथम बागमती प्रदेश क्लब स्तरीय खुल्ला फुटबल प्रतियोगिताको प्रतियोगिताबाट वाहिरिएको छ ।
दोलखाको भिमेश्वर मैदानमा आज भएको खेलमा आयोजक सिन्धुपाल्चोक जिल्ला फुटबल संघसँग १–० गोल अन्तरले पराजित हुँदै नुवाकोटे क्लब प्रतियोगितबाट वाहिरिएको हो ।
सिधै वाई पाएर क्वाटरफाईनल पुगेको नुवाकोट युनाइटेड फुटवल क्लबले पाएको अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट वाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा घरेलु टोली सिन्धुपाल्चोकको लागि जंगे राईमाझीले गोल गर्न सफल भएका हुन् ।
खेलको विजेता आयोजक सिन्धुपाल्चोक जिल्ला फुटबल संघ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा बाग्मति प्रदेशका विभिन्न जिल्लाका ११ क्लबहरुले सहभागिता जनाएका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया