नुवाकोट युनाइटेड प्रतियोगिताबाट वाहिरियो
विदुर खबर
२०८० कार्तिक २३ गते ११:१४

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब दोलखामा जारी प्रथम बागमती प्रदेश क्लब स्तरीय खुल्ला फुटबल प्रतियोगिताको प्रतियोगिताबाट वाहिरिएको छ ।
दोलखाको भिमेश्वर मैदानमा आज भएको खेलमा आयोजक सिन्धुपाल्चोक जिल्ला फुटबल संघसँग १–० गोल अन्तरले पराजित हुँदै नुवाकोटे क्लब प्रतियोगितबाट वाहिरिएको हो ।
सिधै वाई पाएर क्वाटरफाईनल पुगेको नुवाकोट युनाइटेड फुटवल क्लबले पाएको अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट वाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा घरेलु टोली सिन्धुपाल्चोकको लागि जंगे राईमाझीले गोल गर्न सफल भएका हुन् ।
खेलको विजेता आयोजक सिन्धुपाल्चोक जिल्ला फुटबल संघ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा बाग्मति प्रदेशका विभिन्न जिल्लाका ११ क्लबहरुले सहभागिता जनाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया