विश्वकप छनोट : नेपाल र मलेसिया भिड्दै

विदुर खबर २०८० कार्तिक १४ गते १०:४२

नुवाकोट । आईसिसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालको दोस्रो खेल आज मलेसियासँग हुँदैछ।

Advertisement

आइतबार सिंगापुरसँगको खेलमा ८ विकेटको शानदार जीत हासिल गरेको नेपालले आज मलेसियाको सामना गर्नेछ। खेल दिउँसो सवा एक बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। आइतबार भएको पहिलो खेलमा मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो।

त्यसैगरी, यस दिन बिहान नौ बजे सिंगापुर र ओमान तथा बहराइन र हङकङ, चाइना बीच हुनेछ। सिंगापुर र ओमानले त्रिवि क्रिकेट मैदानमा खेल्नेछन् भने बहराइन र हङकङ बीचको खेल मुलपानी मैदानमा हुनेछ।

Advertisement

दिउँसो सवा एक बजे हुने अर्को खेलमा कुवेतले युएईको सामना गर्नेछ। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया