एरिकाले दिलाइन् नेपाललाई रजत पदक
नुवाकोट । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा कराँते खेलाडी एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् ।
जारी एसियाडको समापन समारोह हुने एक दिनअघि शनिबार कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहअन्तर्गत सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अंकले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले फाइनल पुगेलगत्तै रजत पदक भने पक्का गरेकी थिइन् ।
त्यसपछि शनिबारै राति स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एरिक काजकस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । उनले त्यसअघि शनिबार दिउँसो भएको क्वार्टरफाइनलमा जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १–१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।
विश्व कराँते महासंघको वरीयतामा पाँचौं स्थानमा रहेकी जापानकी प्रतिद्वन्द्वी एजुकी जापान कराँते प्रिमियर लिगमा स्वर्ण तथा कन्टिनेन्टल च्याम्पियनसिपकी पनि स्वर्ण विजेता थिइन् । जसले गर्दा एरिकाको पहिलो खेल निकै चुनौतीपूर्ण हुने ठानिएको थियो । तर, उक्त खेलमा साहसिक प्रदर्शन गरेर निर्धारित समयको खेलमा दुवैले १–१ अंक प्राप्त गरेपछि बराबरी भएको थियो । त्यसपछि खेल विजेताको निर्णय ‘सेन्सु’ को आधारमा भयो । जसमा एरिकाले बाजी मारिन् ।
उक्त जितपछि उनले सेमीफाइनलमा हङकङका खेलाडीलाई उत्कृष्ट खेल पस्किँदै पराजित गर्न सफल भइन् र नेपाललाई ऐतिहासिक रजत पदकको सामु पु¥याइन् । फाइनलमा पराजित भएपछि एरिकाले भनिन्– ‘मैले आफूले सकेको प्रयास गरेँ । फाइनल जित्ने प्रयास पुरा हुन सकेन ।’
एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमार्फत् कांस्य पदक भित्राएको थियो ।
नौ वर्षअघि मनमैजु डोजोमा कराँते खेल्न सुरु गरेकि उनले यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएकी हुन् । रजत पदक जितेपछि खुसी हुँदै देशको लागि रजत जित्न सकेकोमा निकै खुसी भएको बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया