गोसाईकुण्डमा साढे तीन लाख रुपैयाँ भेटी संकलन

विदुर खबर २०८० भदौ २१ गते १३:४९

रसुवा । रसुवाको प्रमुख पर्यटकीय धार्मिकस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले यस वर्षको जनैपूर्णिमाको अवधिमा सुरु भएको मेलामा चढाएको भेटीको गणना सम्पन्न भएको छ ।

Advertisement

मेलामा पुगेका तीर्थयात्रीले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ संकलन भएको छ । भदौ ७ गतेदेखि १४ गतेसम्म यस वर्षको जनैपूर्णिमा मेलाको अवसरमा देशभरबाट आएका तीर्थालले चढाएको भेटी संकलन गर्दा तीन लाख २८ हजार ५१ रुपैयाँ रहेको गोसाइँकण्ड क्षेत्र विकास समिति रसवाले सार्वजनिक गरेको छ ।

उक्त भेटी समितिको नाममा रहेको नबिल बैंकको खातामा दाखिला भइसकेको अध्यक्षसञ्जीव डिएमले जानकारी दिए । सामदिुक्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र गोसाइँकण्डमा जनैपूर्णिमा मेला भर्न १५ हजार तीर्थालु पगेको आकलन गरिएको छ ।

Advertisement

गोसाइँकुण्ड क्षेत्र विकास समिति रसवाका अनुसार नवाकोटको घ्याबफेदी–दुप्चेश्वर हुँदै सिन्धपाल्चोकको हेलम्बु हुँदै सुन्दरीजलबाट देशभरका तीर्थाल गोसाइँकुण्ड पुगेका हुन् । गोसाइँकुण्डमा स्नान गरी पूजा–आराधना गर्नाले आफ्नो मनोकाब्क्षा पूरा भई घरपरिवारमा सख, शान्ति बढ्ने र पारिवारिक मिलनमा थप पगाढ हुने विश्वास रहिआएको छ ।

गोसाइँकण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूर्णिमाको दिन कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।

Advertisement

प्रतिक्रिया