नेपालले भारतलाई दियो २ सय ३१ रनको लक्ष्य
नुवाकोट । एसीसी एसिया कपमा नेपालले भारतसामु २३१ मध्यम रनको लक्ष्य प्रस्तुत गरेको छ ।
श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । श्रीलंकाको क्यान्डीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए ।
त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए ।
भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । त्यस्तै मोहम्मद शामीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहम्मद शामी र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।
नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।
नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया