घटनाको दोषीलाई कारवाही गर : नुवाकोट क्रिकेट संघ
नुवाकोट । नुवाकोट क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको घटना निन्दनीय भएको नुवाकोट क्रिकेट संघले जनाएको छ ।
शनिवार विहान मकवानपुरको हेटौडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेको भन्दै घटनाको दोषीलाई कारवाही गर्न नुवाकोट क्रिकेट संघले माग गरेको हो ।
नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जारी गरेको प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य जाँच गरि कारवाहीको माग गरिएको छ । यस्ता गतिविधिले खेलकुद क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै घटनाको नुवाकोट क्रिकेट संघले खेद प्रकट गरेको छ ।

नुवाकोट क्रिकेट संघले जारी गरेको विज्ञप्ती ।
पाठकलाई स्कुटरमा आएका दुई जनाले खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेक थिए । घटनापछि प्रहरीले मोबिल छ्याप्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा





प्रतिक्रिया