विश्वकप खेल्ने नेपालको सपना अधुरै
नुवाकोट । आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।
७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, डच टोलीका बज डेलिडले ४१ र वेस्ली बारेसीले ३० रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । त्यसअघि नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।
यससँगै यसपालीको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया