विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी
नुवाकोट । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपालले जित हासिल गरेको छ ।अमेरिका विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पायाे । भीम सार्कीले नट आउट ७७ रन बनाउँदा नेपालले जीत हासिल गरेकाे हाे । उनले ११४ बल खेल्दा ७ चौका र १ छक्का हानेका थिए ।
जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गरेको थियाे । ब्याटिङ थालेको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनाएको थियो जसमा सयन जंहागीरले १०० रन बनाए । खेलमा करण केसी एक्लैले ४ विकेट लिएका थिए । त्यस्तै गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।
त्यसैगरी, ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का हान्दै ३९ रन जोडेर बाहिरिएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का हानेर ३९ रनमा अविजित रहे ।
सन्दीप लामिछानेले भने आज एक विकेट पनि लिएनन् । उनले १० ओभर बलिङ गर्दा ५८ रन बनाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया