रसुवाको गाउँगाउँमा नसर्ने रोग बढ्दै

विदुर खबर २०८० वैशाख १० गते ९:४५

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–३ मा रहेको ठूलोगाउँ स्वास्थ्य चौकीले दैनिक ओपिडीमा बढ्दो बिरामीको चापको रुपमा देखिएको नसर्ने रोगको परिक्षण सम्पन्न गरेको छ ।

Advertisement

स्वास्थ्य संस्थाका सिअहेव कृष्ण भण्डारीका अनुसार उच्च रक्तचाप, चिनीरोग, जन्डिस तथा युरिक एसिड जस्ता रोगको वास्तविक अवस्था पत्ता लगाउन ठुलोगाउ स्वास्थ्य चौकीको आर्थिक तथा प्राबिधिक सहयोगमा वयस्क तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणका लागि रगत जाँच कार्यक्रम साविक ठूलोगाउँ गाविसको सवै वडामा चैत्र २१ देखि २९ गतेसम्म स्वास्थ्य परिक्षण सम्पन्न गरिएको हो । सो संस्थाद्वारा ४ सय ३६ जनाको रगतमा चिनी बिलिरुबिन र युरिक एसिड जाँच गरिएको थियो । प्राप्त नतिजा अनुसार नसर्ने रोगको प्रकोप चिन्ताजनक रुपमा बढेको देखिएको छ ।

Advertisement

४ सय ३६ जनामा गरिएको रक्तचाप तथा रगत परिक्षणबाट उच्च रक्तचापका शंकास्पद बिरामी ७३ जना, शंकास्पद चिनी रोगका बिरामी ७२ जना, शंकास्पद जन्डिस रोगका बिरामी ६६ र युरिक एसिडका बिरामी ४६ जना भेटिएका छन् । नियमित खानपिनमा भएको लापरबाही, तथा जाँडरक्सीको अत्यधिक सेवन एवं धुम्रपान लगायत बंशाणुगत कारणले नसर्ने रोगको जोखिम बढ्दै गईरहेको देखिन्छ ।

नसर्ने रोगको प्रकोपका बारेमा सम्बद्ध निकायले आवश्यक ध्यान नपु¥याउदा जनचेतना मात्रैले न्युनिकरण गर्न सम्भव देखिदैन । पर्याप्त बजेटको अभावमा पर्याप्त सेवाग्राहीहरुलाई नसर्ने रोगको स्क्रिनिङमा समावेश गर्न नसकिएको पनि उहाँले बताउनुभयो । स्वास्थ्य संस्थासंग जनताको स्वास्थ्य प्रवर्द्धनका लागि प्रशस्त योजना भएतापनि बजेटको अभावमा संचालन गर्न नपाउदा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनुपरेको छ ।

Advertisement

बजेटको अभावका बिच थप उपचार आवश्यक परेका शंकास्पद रोगीहरुलाई निकट भविष्यमा स्वास्थ्य संस्थाले सम्बद्ध रोग बारेमा सचेतना मुलक अन्तरक्रियात्मक गोष्ठी संचालन गर्ने एवं विशेषज्ञबाट उपचार सेवा उपलब्ध आवश्यक परेकालाई स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रेषण गरिने समेत उहाँले बताउनुभयो ।

कार्यक्रमले आफ्नाे स्वास्थ अवस्था थाहा पाउने र औषधि उपचार सेवा पाएर स्थानीय खुशी भएका छन् ।

प्रतिक्रिया