बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय

विदुर खबर २०८३ भदौ २२ गते १२:५८

नुवाकोट । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भिषण बाढीका कारण प्रभावित बनेका बेलकोटगढी नगरवासीका लागि नगरपालिकाले राहत तथा पुनर्वासको प्याकेज घोषणा गरेको छ।

Advertisement

नगरपालिकाको कार्यपालिका बैठकबाट अनुमोदन गराउने गरी सर्वसाधारणको जानकारीका लागि आधिकारिक सूचना जारी गरिएको हो।

नगरप्रमुख जगत बहादुर गुरुङ, उपप्रमुख शिव प्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचना अनुसार लिइएका मुख्य निर्णयहरू यस प्रकार छन्:

Advertisement

होल्डिङ सेन्टर स्थानान्तरण: वडा नं. ७ स्थित शिलादेवी मा.वि.मा रहेको होल्डिङ सेन्टरलाई रातमाटे चर्चमा र महादेव मा.वि.को सेन्टरलाई सोही विद्यालयको छात्रावासमा सारिने भएको छ।

प्रतिपरिवार २५ हजार राहत: बाढीका कारण घर पूर्ण रूपमा भत्किएर बस्न अयोग्य भएका, परिवारका सदस्य गुमाएका (मृत्यु भएका) वा बेपत्ता भएका बेलकोटगढीका पीडित परिवारलाई तत्काल रु. २५,००० (पच्चीस हजार) आर्थिक सहायता दिइने भएको छ।

Advertisement

पीडित किसानलाई १० हजार: खेतबारी बगरे वा पुरिएर बालीनाली गुमाएका किसान परिवारलाई तत्काल रु. १०,००० (दश हजार) राहत उपलब्ध गराइनेछ।

भूमिहीन पीडितको पुनर्वास: घर पूर्ण क्षति भई अन्य कतै जमिन नभएका अति विपन्न र विस्थापित परिवारहरूको पहिचान गरी पुनःस्थापना/पुनर्वास प्रक्रिया अगाडि बढाउन सूचना आह्वान गरिनेछ।

३ दिनभित्र तथ्याङ्क सङ्कलन: राहत र क्षतिको वास्तविक तथ्याङ्क ३ दिनभित्र वडाअध्यक्ष र वडा सचिवमार्फत अनिवार्य प्रमाणित गरी पठाउनुपर्नेछ।

प्रतिक्रिया