थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओसँग भिड्दै
विदुर खबर
२०७९ चैत १७ गते ८:०९
नुवाकोट । काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन्।
काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:३० बजेदेखि सुरु हुने छ। नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन्। नयाँ खेलाडीहरुको विश्वास बढाउनका लागि यो प्रतियोगितामा जित हात पार्न जरुरी रहेको कप्तान किरणको भनाइ छ।
नेपालले यसअघि लाओसमाथि २–० गोल अन्तरको जित हासिल गरेको थियो। नेपालले भुटानसँग भने १–१ गोलको बराबरी खेलेको थियो।
नेपालसँग हार बेहोरेको लाओसले भुटानलाई भने २–१ ले पराजित गरेको थियो। नेपालसँग बराबरी खेलेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया