नेपालले जोगायो एकदिवसीय मान्यता

नुवाकोट । यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।
हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे ।
करण केसीलाई बेञ्चमा राखेर टिममा परेका ललित राजवंशीले पहिलो ओभरमै विकेट लिएपछि दबावमा आएको यूएईले ८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । उसका भरपर्दा ब्याट्सम्यान रोहन मुस्तफाले आयान खानसँग मिलेर खेल्न खोजेका थिए ।
तर सन्दीप लामिछानेले मुस्तफालाई एलबीडब्लू धरापमा पार्दै २६ रनको साझेदारी तोडेपछि यूएईको विकेट गुम्ने क्रम रोकिएन र, २२.५ ओभरमा ७१ रनमा अलआउट भयो । यो एकदिवसीय क्रिकेटमा यूएईको सबभन्दा कम स्कोर हो ।
नेपालका लागि भने १७७ रनको जित ओडीआईमा यो अहिलेसम्मकै फराकिलो जित हो । २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ललितले सर्वाधिक ५ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै जम्मा २० रन दिएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए ।
यसैगरी दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १/१ विकेट लिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया