विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र पपुवान्युगिनी प्रतिष्पर्धा गर्दे
विदुर खबर
२०७९ फागुन २५ गते ८:३४

नुवाकोट । आईसीसी विश्वकप क्रिकेट ओडीआई लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका आज बिहीबारदेखि सुरू हुँदैछ।
घरेलु मैदान कीर्तिपुरमा यूएई, पपुवा न्युगिनी र नेपालबीच हुने शृंखलाका चारवटै खेल जित्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिन लागेको हो। ३२ खेल खेलेर ३२ अंक जोडेको नेपाललाई सबै खेल जित्दा ४० अंकसहित टप थ्रीमा पुग्ने अवसर छ। अहिले ३६ वटै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित टप थ्रीमा छ। टप थ्री टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्।
ओडीआई जोगाउन भने दुई खेल जिते पुग्छ। यसअघि भएका ८ खेलमा ७ मा जित निकालेको नेपाल उच्च मनोबलसहित मैदानमा हुनेछ। घरेलु मैदानले नेपाललाई थप लाभ मिल्नेछ।
चोटका कारण यूएईमा एक खेल गुमाएका ओपनर कुशल भुर्तेल टिमम फर्किसकेका छन्। क्यानले यसअघि नै शृंखला खेल्ने टिम घोषणा गरिसकेको छ।
सम्बन्धित
प्रतिक्रिया