एन्फाको सह–कोषाध्यक्षमा नुवाकोटका चित्रकार
विदुर खबर
२०७९ फागुन १७ गते २१:३२

नुवाकोट । अखिल नेपाल फुटबल संघको सह–कोषाध्यक्षमा नुवाकोटका पुर्णमान चित्रकार मनोनित भएका छन् ।
बुधबार वसेको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यसमिति बैठकले चित्रकारलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिने निर्यण गरेको हो ।
बैठकले तीन सह–महासचिव अरुणमान जोशी, दामोदर भट्टराई र बसन्त अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै पंकज शाहीलाई ग्रासरुट प्रमुख, नविन महर्जनलाई युथ इलाइट प्रमुख, सन्जीत सिंहलाई कोचिङ एजुकेसनका प्रमुख र राजुकाजी शाक्यलाई महिला विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया