रसुवामा ९४ जनाले रक्तदान गरे

विदुर खबर २०७९ फागुन १४ गते १०:४२

धुन्चे । नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरे ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय रक्त संचार केन्द्रका निर्देशक दिव्यराज पौडेल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवा अध्यक्ष प्रमिला लामालगायत स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथी कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, अतिथीहरु उपाध्यक्ष मिरा तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ, तथा वडा अध्यक्षहरूले रक्तदान कार्यक्रम उहनीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

Advertisement

रक्तदान पछि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय रक्त संचार केन्द्रका निर्देशक दिव्यराज पौडेललाइ नेपालमा रक्त अभाव हुन नदिन तथा रक्त संचारमा महत्वपूर्ण भूमिक खेलेको भन्दै सम्मानपत्र प्रदान गरिएको थियो भने सवै रक्तदाताहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कालिका गाउँपालिका पुर्व अध्यक्ष सिता अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने लगायत पुर्व जनप्रतिनिधि, पत्रकार, अधिकारकर्मीहरू र स्थानीय सहभागी थिए ।

कार्यक्रममा पानी, फलफुल तथा जुस प्रदान गर्ने तथा रक्तदान कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मीहरूलाइ प्रशंसापत्र प्रदान गरिएको थियो । दुइसय जनाले रक्तदान गर्ने तयारी गरेपनि संयोगले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेकोले रक्तदान गर्न नहुने भनेपछि रक्तदान गर्ने कम भएको आयोजक संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थानका अध्यक्ष तारा कार्कीले बताइन् । त्यसै गरी नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाको प्रथम अधिबेशन गरी महाधिबेशन प्रतिनिधि समेत छनौट भएको छ । अधिबेशन केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यको प्रमुख अतिथ्यमा भएको थियो ।

Advertisement

जिल्ला समितिको ०७७ पुस १९ गते रसुवामा तदर्थ समिति गठन भएको थियो । शनिबार भएको अधिबेशनले प्रमिला लामाको अध्यक्षतामा ९ सदस्य रहेका जिल्ला समिति गठन भएको छ । उपाध्यक्ष रामशरण गजुरेल ‘निशान’, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष प्रेमप्रसाद पौडेल, सदस्यहरूमा रामशरण पौडेल, पूर्ण न्यौपाने, सरस्वती न्यौपाने र सविना घिमिरे चयन भएका छन् । त्यसै गरी महाधिबेश प्रतिनिधिमा जिल्ला समितिबाट प्रमिला लामा, हेमनाथ खतिवडा र कालिका गाउँपालिका समितिबाट तारा कार्की रहेका छन् ।

जन्म दिनमा रक्तदान कालिका गाउँपालिका वडा नं २ का युवा समाजसेवी बिराज तामाङले जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेका छन् । अंग्रेजी महिना अनुसार उनको जन्मदिनको शनिबार परेको थियो । जीवनमा पहिलो पटक जन्मदिनको अवसरमा आफ्नै गाउँँमा रक्तदान गर्ने अवसर मिलेकोमा आफुलाइ खुशी लागेको तामाङले बताए ।

उनी नेपाल रक्तदाता समाजका आजीवन सदस्य तथा कालिका गाउँपालिका समितिका कोषाध्यक्ष हुन् । आगामी दिनमा पनि रक्तदान गर्ने उनले बताए ।

प्रतिक्रिया