नुवाकोट ११ र एपिएफ क्लबविच मैत्रीपुर्ण खेल हुँदै

विदुर खबर २०७९ फागुन १२ गते १२:५५

नुवाकोट । नुवाकोटमा आजदेखि मैत्रीपुर्ण फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।

Advertisement

नुवाकोट फुटवल संघको आयोजना तथा विदुर नगरपालिका, नुवाकोट उद्योग वाणिज्य संघ,दुवाल व्रदर्स र नुवाकोट निर्माण व्यवसायी संघको सहयोगमा मैत्री पुर्ण फुटवल प्रतियोगिता संचालन हुन लागको हो ।

उद्घाटन खेलमा नुवाकोट ११ विरुद्ध नेपाल एपिएफले प्रतिष्पर्धा गर्ने नुवाकोट फुटवल संघले जानकारी दिएको छ ।

Advertisement

दिउँसो ३ बजे शुरु हुने प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा हुने आयोजक नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।

यस्तै नुवाकोट ११ ले मनाङ मस्र्याङदी फुटवल क्लब र फेन्ड्स क्लबसँग समेत मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

Advertisement

झण्डै २ वर्षपछि नुवाकोटमा मैत्रीपुर्ण खेलमार्फत फुटवल फर्किएको भन्दै फुटवलप्रमी भने खुशी भएका छन् ।

प्रतियोगितामा आयोजकले टिकटमार्फत खेल हेर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया