साफ च्याम्पियनसीप अन्तर्गत सेमिफाइलनका खेल आज,नेपालले माल्दिभ्सको सामना गर्ने

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।
दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।
समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया